
नयाँ दिल्ली, भारत, १२ पुस । भारतले पछिल्लो २४ घण्टामा छ हजार ९८७ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी गराएको छ ।
भारतभर सक्रिय सङ्क्रमितको सङ्ख्या हाल ७६ हजार ७६६ रहेको र यो सङ्ख्या सन् २०२० माघदेखि सबैभन्दा कम हो । मन्त्रालयका अनुसार हालसम्म भारतमा कोरोनाभाइरसको ओमिक्रोन भाइरसका ४२२ वटा घटना पुष्टि भएका छन् । महाराष्ट्रमा १०८, दिल्लीमा ७९ र गुजरात ४३ व्यक्तिमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा छ ।
देशमा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या कूल सङ्क्रमितको एक प्रतिशतभन्दा कम रहेको छ । अहिले भारतमा कोभिड सङ्क्रमण दर ०.२२ प्रतिशत रहेको छ जुन गत वर्ष मार्चपछि सबैभन्दा कम हो ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




