आज अमेरिकी डलरको भाउ १२० रुपैयाँ कायम

-



     सफल आवाज    
     पौष १२ गते २०७८ मा प्रकाशित



साताको दोस्रो दिन सोमबार एक अमेरिकी डलरको भाउ १२० रुपैयाँ कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर ११९.७४ रुपैयाँ र विक्रीदर १२०.३४ पैसा कायम भएको छ । त्यस्तै आज युरोपियन युरोको एकको १३५.५३ रुपैयाँ खरिद र १३६.२१ रुपैयाँमा बिक्रीदर कायम भएको छ । त्यस्तै युके पाउण्ड एकको खरिददर १६०.३० र बिक्रीदर १६१.१० रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ८६.५१ र बिक्रीदर ८६.९५ कायम भएको छ । त्यस्तै क्यानडियन डलरको एकको ९३.४६ खरिददर र ९३.९६ मा बिक्री भइरहेको छ ।

आज जापनीज यनको १० को खरिददर १०.४६ र बिक्रीदर १०.५२ कायम भएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै आज चाइनीज युआन एकको खरिददर १८.८० र बिक्रीदर १८.९० कायम भएको छ ।