तोलामा १०० रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?

-



     सफल आवाज    
     पौष १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ पुस । साताको दोस्रो दिन सोमबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । दुई दिनसम्म स्थिर मूल्य रहेको सुन सोमबार उकालो चढेको छ । शुक्रबार नै कायम भएको मूल्य आइतबारसमेत यथावत थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य आज ९२ हजार सात सयमा कारोबार भइरहेको छ ।

आइतबार भने छापावाला सुनको भाउ शुक्रबारकै भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको भाउमा हुने परिवर्तनको प्रभाव नेपाली बजारमा पनि मूल्य घटबढ भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेको छ । आइतबार चाँदीको प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।