आज डलरकाे भाउ ११९.७० रुपैयाँ कायम, अन्य देशको विनिमयदर कति ?

-



     सफल आवाज    
     पौष १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ पुस । आज अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७० पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ चार पैसाले घटेको हो ।

मंगलबारका लागि सार्वजनिक गरिएको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ । त्यस्तै युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३६ रुपैयाँ १३ पैसा छ ।

राष्ट्र बैंकका अनुसार युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ४३ पैसा र बिक्री दर १६१ रुपैयाँ २४ पैसा कायम छ । त्यस्तै चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसामा कायम भएको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ भने जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४४ पैसा र बिक्रीदर १० रुपैयाँ ४९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।