भारतीय प्रधानमन्त्री मोदीको नयाँ कार, जसमा गोली र बमले पनि असर गर्दैन

-



     सफल आवाज    
     पौष १४ गते २०७८ मा प्रकाशित



नयाँ दिल्ली, १४ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारका लागि भारत सरकारले खरिद गरेको कार यतिखेर निकै चर्चामा छ । प्रधानमन्त्रीको सुरक्षालाई मध्यनजर गर्दै लिइएको नयाँ कारको मोडल मर्सिडिज मेब्याक एस ६५० रहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार याे कारको कयौं शानदार र हाइटेक फिचरहरू रहेका छन् । सबैभन्दा रोचक कुरा यस कारलाई गोली र बमले पनि असर गर्दैन । हालै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भारत यात्राका दौरानमा मोदीले चढ्ने नयाँ कार देखिएको हो ।

कारमा उच्च स्तरको सुरक्षा दिइएको छ । कारको सिसा र बडी यति मजबुत छ कि यसमा एके–४७ जस्ता राइफलको गोलीले पनि असर पुर्‍याउन सक्दैन । कारले एक्सप्लोसिफ रेसिस्टेन्ट भेहिकल ९ईआरभी० २०१० रेटिङ पाएको छ । यस कारमा बसेका व्यक्ति २ मिटर टाढासम्म १५ किलोग्रामसम्मको टीएनटी विस्फोट हुँदा पनि सुरक्षित हुने बताएको छ ।

गाडीको ढोकामा पोलिकार्बोनेटको एक पत्र राखिएको छ । यसले थप सुरक्षा प्रदान गर्ने बताइएको छ । ग्यास हमला हुँदा क्याबिन अलग अक्सिजनको सप्लाई दिने सुविधा पनि यस कारमा रहेको छ । यो गाडी टायर पड्किँदासमेत सजिलै कुद्न सक्छ । टायर क्षतिग्रस्त हुँदा पनि यो तीव्र गतिमा कुद्न सक्ने भनिएको छ । बोइङ एएच–६४ र एपाचे हेलिकप्टरमा समेत प्रयोग हुने यो प्रविधि मोदीको कारमा जडान गरिएको छ । त्यसमा गोली लागे पनि आफैं टालिन्छ ।