भगवती हाईड्राेले गर्यो आइपीओ निष्कासनको तयारी, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

-



     सफल आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ पुस । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरेकाे छ। कम्पनीले १०० रुपैयाँ मूल्य अंकितदरमा १४ लाख ३० हजार १६२ कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

कुल कित्ताबाट ५ लाख ७२ हजार ६४ कित्ता सेयर आयोजना क्षेत्रका प्रभावित जनताका लागि रहेको छ । बाँकी रहेको ८ लाख ५८ हजार ९८ कित्ता सेयर सर्वसाधारणका लागि रहेको छ ।

भगवती हाइड्रोपावरले साधारण शेयरको सार्वजनिक तथा निष्काशन गर्नको लागि सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सुविधानगर, तीनकुने, काठमाडौंमा आयोजित कार्यक्रममा भगवति हाइड्रोकाे तर्फबाट कार्यकारी अध्यक्ष हरि प्रसाद पाण्डे र सिद्धाथ क्यापिटल लि.को तर्फबाट चन्दन कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।