मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अधिकारी नियुक्त

-



     सफल आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ पुस । मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त भएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गरी उनलाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।

काभ्रेको पनौती नगरपालिका-२ कुशादेवी स्थायी ठेगाना भएका डा. अधिकारी यसअघि मानसिक अस्पताल पाटनका प्रमुख कन्सल्ट्यान्ट साइक्याट्रिक्स (एघारौं तह)मा कार्यरत थिए । मानसिक अस्पतालमा निर्देशक डा. मोहनराज श्रेष्ठले तीन हप्ताअघि अवकाश पाएपछि उनलाई नियुक्ति गरिएको हो ।