
काठमाडौं, १९ पुस । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार सेयर बजार सकारात्मक लयमा गएको छ । एउटा उपसमूहबाहेक सबैमा हरियो लागेको छ । कारोबारमा पनि सुधार देखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.२४ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स ५.८६ अंकले बढेर ४८७.८७ विन्दुमा पुगेको छ ।
कुल २३० कम्पनीहरुको सेयर कारोबार भएको छ । ८२ लाख ५ हजार ५२ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये उत्पादनतर्फ घटेको छ । अन्य १२ वटै उपसमूहकाे बढेको छ । बैंकिङतर्फ २५.४ अंकको बृद्धि भएको छ । व्यापारतर्फ १८६.५४ अंकले, होटल तथा पर्यटनतर्फ २३.३८ अंकले र विकास बैंकतर्फ ७३.२८ अंकले बृद्धि भएको छ ।
यस्तै हाइड्रोपावरतर्फ १०.११ अंकले, फाइनान्सतर्फ ४२.८१ अंकले, नीर्जिवन बीमातर्फ ६१.३६ अंकले बढेको छ । अन्यतर्फ ३.२९ अंकले, माइक्रोफाइनान्सतर्फ १४५.१५ अंकले, जीवन बीमातर्फ ९३.८८ अंकले, म्युचुअल फण्डतर्फ ०.१८ अंकले र लगानी उपसमूहतर्फ १.४८ अंकले बृद्धि भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको २८ कराेड ४४ लाख ७० हजार ५७० रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।










त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड… 




