१४ लाख ३० हजार कित्ता बराबरको आइपीओ निष्कासन गर्दै भगवती हाइड्रोपावर

-



     सफल आवाज    
     पौष २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० पुस । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर ९आइपीओ० निष्कासन गर्ने भएको छ ।

कम्पनीले साधारण सेयर (आइपीओ) को सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० दरका १४ लाख ३० हजार १६२ कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।