भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार

-



     सफल आवाज    
     पौष २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार भएको छ ।

भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने भारतीय कांग्रेस आइकी नेतृ रिता यादवलाई अज्ञात समूहले गोली प्रहार गरेको हो ।

आफूमाथि गोली लागेर घाइते भएपछि यादवले भनिन्, ‘म पोस्टर, ब्यानर बनाउन सुल्तानपुर गएको थिएँ । त्यहाँबाट फर्किदै गर्दा राजमार्गमा तीन जनाले ओभर क गरी मेरो बोलेरोलाई रोके अनि गोली हान्दै मार्ने धम्की दिएका थिए। मेरो ड्राइभरको कन्चटमा पेस्तोल राखेका थिए । मैले प्रतिकार गरेपछि उनहरुले गोली चलाएका थिए । गोली मेरो खुट्टामा लागेको छ ।’

गोली लागेकी नेतृ यादवलाई अस्पताल भर्ना गरिएको छ । गत नोभेम्बर १६ का दिन एक कार्यक्रममा उनले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएकी थिइन् ।