
कलैया, २२ पुस । आन्तरिक राजश्व कार्यालय सिमरा बाराले आर्थिक वर्ष ०७८÷०७९ को साउनदेखि मङ्सिरसम्म पाँच महिनामा अन्तःशुल्क, स्वास्थ्य सेवा शुल्क, मूल्य अभिवृद्धि कर, आयकर, घर बहाल कर, ब्याज कर र शिक्षा करसमेत गरी रु पाँच अर्ब ३१ करोड ९७ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले ०७८ साउनदेखि ०७८ मङ्सिरसम्म अन्तःशुल्क कर रु तीन अर्ब १५ करोड चार लाख ५४ हजार, स्वास्थ्य सेवाकर रु एक अर्ब ११ करोड ६८ लाख ३० हजार, मूल्य अभिवृद्धि कर रु ५५ करोड १६ लाख ९१ हजार, आयकर रु ४६ करोड ७३ लाख ६६ हजार, घर बहाल कर रु एक करोड ९६ लाख १९ हजार, ब्याज कर रु एक करोड ७८ लाख ८७ हजार र शिक्षा कर रु १७ हजारसमेत गरी पाँच अर्ब ३१ करोड ९७ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ ।
सो कार्यालयअन्तर्गत बारा, रौतहट जिल्लाका करदाताबाट उक्त राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




