दुई दिनमा १२०० रुपैयाँले घट्यो सुनको मूल्य, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     पौष २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ पुस । लगातार सुनचाँदीको मूल्यमा गिरावट भएको छ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार छापावाला सुन तोलामा रुपैयाँ ७०० तथा चाँदीमा रुपैयाँ १० ले घटेको हो । बिहिबार छपावाला सुनमा रुपैयाँ ५०० ले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ७०० ले घटेर प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

चाँदीमा यसदिन रुपैयाँ १० ले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।