सेयर बजारबारे लगानीकर्तासँग एनआइबीएल एस क्यापिटलको अन्तरक्रिया

-



     सफल आवाज    
     पौष २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ पुस । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआइबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक सामाजिक अन्तरक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रममा एनआइबीएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा छलफल भएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मिति शुक्रबार प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा प्रदेश नम्बर २ वीरगञ्जमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा लगानीकर्ताले विभिन्न सल्लाह सुझावसमेत दिएका थिए । यस अघि यस्तै अन्तक्र्रिया कार्यक्रम सुदूरपश्चिम प्रदेशको धनगढीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि सम्पन्न भएको थियो ।