१४ करोड लगानीमा ‘आव्या क्लव’ सञ्चालनको तयारीमा

-



     सफल आवाज    
     पौष २४ गते २०७८ मा प्रकाशित



पोखरा, पुस २४ । पोखरामा सर्वाधिक लगानीको हेल्थ क्लब सञ्चालनको तयारीमा रहेको छ । पोखराको घारीपाटनमा १४ करोड लगानीमा ‘आव्या क्लव’ सञ्चालनको तयारीमा आउन लागेको हो । ४ वर्ष अघिदेखि निर्माण कार्य शुरु भएको क्लव अब महिना दिनभित्रमै सञ्चालनमा आउन लागेकाे हाे ।

सन् २०१८ मा नै आव्या क्लबको स्थापना भएपनि सन् २०२२ मा आएर क्लवले सेवा शुरु गर्न लागेको हो । ‘सर्वसुलभ मुल्यमा ५ देखि ८० वर्षसम्मकालाई लक्षित गरी क्लब सञ्चालन गरिने क्लवका निर्देशक किरण केसीले जानकारी दिए ।

झण्डै २० रोपनी क्षेत्रफल रहेको आव्या क्लबमा अत्याधुनिक जीमसहित स्विमिङ पुल, रेष्टुरेन्ट, स्पा, साउना, स्टिम, उफ्रो, हार्ड टेनिस कोर्ट, कन्फ्रेन्स हल, योगा लगायतका सुविधा उपलब्ध हुनेछन् । ११ हजार स्क्वायर फिटमा जिम सञ्चालन हुने जिमका सामग्री अमेरिकाबाट ल्याइएको केसीले जानकारी दिए। जीमहलमा एकै पटक तीन सय जनाले सेवा लिन सक्नेछन् ।

क्लवका निर्देशक निरोज लामाले क्लवको नाम ‘आव्या’को अर्थ प्रष्ट्याउँदै संसारको पहिलो पवित्र आत्मा आव्या भएको बताए । ‘आव्या सूर्यको पहिलो किरण पनि हो, यसले शरिर मात्र नभएर आत्मापनि शुद्धसंगै स्वस्थ्य राख्दछ’ लामाले भने। जीमलाई बडिविल्डिङ्गसंग मात्र नभएर आध्यात्मसंगपनि जोड्न लागेको उनको भनाई छ ।