
भृकुटीमण्डपका व्यवसायीले बचत गर्न स्थापित गरेको भृकुटीमण्डप बचत तथा ऋण सहकारी संस्थाको कोषमा नौ करोड २७ लाख ९५ हजार ५२ रुपैयाँ जम्मा भएको छ ।
सहकारीको वार्षिक साधारणसभाका अवसरमा सेयर सदस्य ७१३ जना पुगेको जानकारी गराइएको छ । यसैगरी सेयर पुँजी तीन करोड २१ लाख ९२ हजार १०० रुपैयाँ पुगेको अध्यक्ष लालबहादुर पाण्डेको प्रतिवेदनमा उल्लेख छ । ३० सदस्यबाट सहकारीको २०६७ वैशाख ८ गते सुरुवात गरिएको थियो । भृकुटीमण्डप खुला बजारका करिब ६० प्रतिशतभन्दा बढी व्यवसायी सहकारीका सदस्य छन् ।
साधारणसभाको उद्घाटन गर्दै काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष दीपक पनेरुले सेयरको तुलनामा १५ गुणा बढी बचत हुनुपर्ने कानुनी व्यवस्था पालना गर्न अनुरोध गरे ।
काठमाडौं महानगरपालिका वडा नं २८ का अध्यक्ष भाइराम खड्गीले सेयर सदस्य, सेयर पुँजी एवं बचतसमेत वृद्धि गर्न सुझाव दिए । समाजकल्याण परिषद्का नाममा रहेको भृकुटीमण्डप बजारमा करिब एक हजार ३०० पसल सञ्चालनमा छन् ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




