
काठमाडौं, २७ पुस । नेदरल्याण्डमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकारका पदाधिकारीहरूलाई सोमबार शपथ ग्रहण गराइएको छ । नेदरल्याण्डका राजा विलिम एलेक्जेण्डरले नयाँ गठबन्धन सरकारलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
नयाँ सरकारको नेतृत्व पनि मार्क रुट्टेले गरेका छन् । उनले योसँगै चौथो पटक सरकारको नेतृत्व गरेका हुन् । गत मार्चमा निर्वाचन भए पनि २९९ दिनपछि मात्रै नयाँ सरकार गठन भएको समाचारमा जनाइएको छ । नयाँ सरकार चार पार्टीको गठबन्धनले बनाएको हो । प्रधानमन्त्री रुट्टेको पिपल्स पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसी, क्रिश्चियन डेमोक्रेटिक अपिल, द डेमोक्रेट्स ६६ र क्रिश्चियन युनियन गरी चार पार्टी गठबन्धनमा रहेका छन् ।
शपथ ग्रहण समारोह द हेगस्थित राजदरबारमा आयोजना गरिएको थियो । तर, नयाँ अर्थमन्त्री सिग्रिड काग भने शपथ ग्रहण समारोहमा सहभागी भएकी थिइनन् । गठबन्धनमा आवद्ध द डेमोक्रेट्स ६६ का नेत्रीसमेत रहेकी काग कोरोनाभाइरसबाट संक्रमित भएकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नपाएकी हुन् । उनलाई राजाले भिडियोमार्फत् शपथ ग्रहण गराएका थिए । राजाले मन्त्रीलाई भिडियोमार्फत् शपथ ग्रहण गराइएको नेदरल्याण्डको इतिहासमा यो नै पहिलो घटना भएको जनाइएको छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




