
काठमाडौं, २७ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको छ ।
नेप्सेका अनुसार लघुवित्तको ४० प्रतिशत बोनसपछिको सेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले गरेको बुक क्लोजसँगै ४० प्रतिशत बोनस सेयरपछि सेयरमूल्य समायोजन भएको हो । सोमबार भएको अन्तिम कारोबार मूल्यको आधारमा सेयर मूल्य समायोजनपछि नयाँ मूल्य प्रत्तिकित्ता २६१४.२९ रुपैयाँ निर्धारण भएको छ ।
लघुवित्तका सेयर धनीले कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद सेयर गरी कुल ४५ प्रतिशत लाभांश पाउने भएका छन् ।








त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड… 




