
काठमाडौं, २७ पुस । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि अर्थ मन्त्रालयले कार्यविधि तयार पारेको छ । धितोपत्र ऐन, २०६३ को दफा ७ को उपदफा (५) ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट तथा सिफारिस कार्यविधि २०७८ तया पारिएको हो ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि धितोपत्रसम्बन्धि ऐन २०६३ दफा १० बमोजिमको योग्यता निर्धारण गरेको छ । आवश्यक योग्यता तथा अनुभवमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा सात वर्षको पेशागत अनुभव हासिल गरेको, दफा ११ बमोजिम अयोग्य नभएको हुनुपर्ने उल्लेख गरिएको छ ।
अर्थ मन्त्रालय सम्बद्ध निकायका पदाधिकारीहरुको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड २०७३ बमोजिम ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको उम्मेदवार हुनुपर्ने कार्यविधिमा उल्लेख छ । दरखास्त पेश गर्नका लागि स्पष्ट हुन कुनै पनि राजनीतिक दलको सदस्य नभएको, नेपाल धितोपत्र बोर्डसँगको ठेक्कापट्टा वा कुनै चलअचल सम्पत्ति कारोबारमा आफैं वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नभएको वा बोर्डसँग स्वार्थ निजी स्वार्थ नभएको हुनुपर्ने उल्लेख छ ।
त्यस्तै आफ्नो नाममा बेरुजू बाँकी नरहेको हुनुपर्ने, भष्ट्राचार, सम्पत्ति शुद्धिकरण वा कुनै नैतिक पतन देखिने फौदार अभियोगमा अदालतबाट कसुरदार ठहर नभएको हुनुपर्ने, टाट नपल्टेको वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको एवं दामासाहीमा नपरेको, नियतवश बैक तथा वित्तीय संस्थाको ऋण नतिरी प्रचलित कानून बमोजिम कालो सूचीमा नपरेको हुनुपर्ने, विवदेशी मुलुकको स्थायी बसोबासको अनुमति प्राप्त नगरेको र निनयामक निकायबाट कायर्कारी प्रमुख हुन अयोग्य हुने भनी तोकिएको अवस्था नभएको हुनुपर्नेछ ।
उम्मेदवारको शैक्षिक योग्यता, अनुभव र तालिम (५० अंक), व्यावसायिक कार्ययोजना (५० अंक), प्रस्तुतीकरण (३० अंक) र अन्तर्वार्ता (२० अंक) गरी कुल १५० अंक कायम गरिएको छ । शैक्षिक योग्यता, अनुभव र तालिमको कुल ५० अंकमध्ये शैक्षिक योग्यता तथा तालिमको २५ अंक र कार्यानुभवको २५ अंक कायम हुनेछ । स्नातकोत्तर तहमा प्रथम श्रेणीमा उतीर्ण भएकोलाई १८ अंक, द्धितीय श्रेणीका लागि १७ अंक, तृतीय श्रेणीका लागि १६ अंक र विद्यावारिधी गरेको उम्मेद्धारलाई थप २ अंक दिने कार्यविधिमा उल्लेख गरिएको छ ।
अन्तर्वार्तामा मूल्यांकनको आधारअनुसार व्यक्तित्वमा ३ अंक, विषयवस्तुको ज्ञान ५ अंक, सिर्जनशील क्षमता ४ अंक, उठाइएका विषय सम्बोधन गर्ने क्षमतामा ४ अंक र संस्थागत अपेक्षा, संस्थाप्रतिको प्रतिवद्धतामा ४ अंक गरी २० अंकको अन्तर्वार्ता हुने उल्लेख गरिएको छ । नेपाल सरकारद्वारा नियुक्त हुने अध्यक्षलाई अर्थ मन्त्रालयबाट स्वीकृत भएबमोजिम मासिक पारिश्रमिक तथा अन्त्य सुविधाहरु उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।














काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




