थप ३०७५ जनामा कोरोना संक्रमण, दुई जनाको निधन

-



     सफल आवाज    
     पौष २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ पुस । पछिल्लो २४ घण्टामा तीन हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी दुबै विधिबाट १३ हजार ३६ जनामा गरिएको परीक्षणमा तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ भने २७८ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये काठमाडौंमा एक हजार १२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।