
काठमाडौं, २८ पुस । सरकारले चालू आर्थिक वर्षको पुस मसान्तभित्रमा ४० प्रतिशत कर बुझाउन आग्रह गरेको छ । ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको आग्रह गरेको हो ।
चालू आर्थिक वर्ष ०७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न ताकेता गरेको आन्तरिक राजस्व विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिए । उनका अनुसार आन्तरिक राजस्व विभागले आर्थिक वर्ष ०७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्नुपर्ने छ ।
सूचनामा भनिएको छ, ‘विभागले आयकर ऐन, २०५८ (संशोधनसहित) को दफा ५४ को उपदफा (१) वमोजिम आ.व. २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ५५ वमोजिम आर्थिक वर्ष २०७८/७९ को कारोबारको अनुमानित करको विवरण र सो विवरणअनुसार तिर्नुपर्ने आयकरको पहिलो किस्ता वापतको ४० प्रतिशतले हुने रकम यहि २०७८ पौष मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्न जानकारी गराइएको छ ।’









झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




