
काठमाडौं, २९ पुस । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५४.१२ अंकले बढेर दुई हजार ८५७.७५ बिन्दुमा प्रवेश गरेको छ ।
त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.९४ अंकले बढे ५३०.८३ बिन्दुमा उक्लेको छ । आज २२४ कम्पनीको एक करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ रुपैयाँमा किनबेच भएको छ । नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये आज अन्य समूहबाहेक सबैको सेयरमा हरियाली देखिएको छ । आज सबैभन्दा बढी जलविद्युत, वित्त र लगानी समूहको सेयर मूल्य बढेको छ । अन्य समूहको भने ३.४१ अंकले सेयर घटेको छ ।
जलविद्युत उपसमूहको ४.९, वित्तको ३.६७ प्रतिशतले बढेको छ भने लगानी समूहको ३.४९ प्रतिशतले सेयर बढेको छ । आज बैंकिङ ०.५४, व्यापार २.६९, होटाल तथा पर्यटन १.१२, विकास बैंक २.९४, निर्जीवन बिमा २.२६, उत्पादनमुलक १.७८, लघुवित्त ३.२, जीवन बिमा २.२१ र सामुहिक लगानी कोष ०.९६ प्रतिशतले बढेको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




