थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

-



     सफल आवाज    
     पौष २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ पुस । पछिल्लो २४ घण्टामा थप तीन हजार ५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा एक जनाको निधन भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो ।