आईतबार सेयर बजार सकारात्मक लयमा

-



     सफल आवाज    
     माघ २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ माघ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार आज प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.६६ अंकले बढ्यो । बिहिबार ५४.१२ अंकले बढेर २९५७.७५ विन्दुमा पुगेर रोकिएको थियो । आजको सेसनमा १५.६६ अंकले बढेर २८७३.४२ विन्दुमा उक्लियाे । सेन्सेटिभ इण्डेक्स १.७७ अंकले बढ्यो ।

आजको प्रि ओपन सेसनमा १८ कम्पनीको ५६ लाख २५ हजार ८२२ रुपैयाँ बराबरको ११ हजार २०२ कित्ता सेयरको कारोबार भयाे । सबै कम्पनीको सेयर बढेको देिखयाे ।

यसैबीच यो समाचार तयार पार्दासम्म ११.५० बजे नेप्से अझैं उकालो लागेको पाईयो । नेप्से परिसूचक ५७.४७ अंकले बढेर २९१५.२२ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.०१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १०.०३ अंकले बढेर ५४०.८६ विन्दुमा पुगेको छ ।

२०० कम्पनीको सेयर खरिदबिक्री भएको छ । ३७ लाख ८१ हजार ९८५ कित्ता सेयरको कारोबारबाट २ अर्ब ७७ करोड बढीकाे कारोबार भएको छ । १३ वटै उपसमूहमा हरियाली छाएको छ ।