२९२६ अंक पुग्यो नेप्से, साढे ९ अर्बको सेयर किनबेच

-



     सफल आवाज    
     माघ २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ माघ । साताको पहिलो दिन सेयर बजारमा हरियाली देखिएको छ । लामो समयदेखि घट्दै आएको सेयर बजार आइतबार भने उकालो लागेर नेप्से बिन्दु पनि २९ सयभन्दा माथि पुगेको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर दुई हजार ९२६.७४ अंकमा प्रवेश गरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ११.८१ अंकले बढेर ५४२.८३ बिन्दुमा प्रवेश गरेको हो ।

आज २२९ कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँको किनबेच भएको छ । नेप्सेमा सूचीकृत १३ उपसमूहहरु सबै हरियाली देखिएका छन् । आज मध्ये भोटेकोशीको सेयर सकारात्मक सर्किटको लेभलमा पुगेको छ ।