एनआईसी एशिया बैंक र वर्ल्डरेमिटबीच साझेदारी-मलेसियाबाट रकम पठाउन सकिने

-



     सफल आवाज    
     माघ ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ माघ । एनआईसी एशिया बैंक र वर्ल्डरेमिटबीच ५० बढी देशहरुबाट नेपालमा रहेका बैंक तथा कुनै पनि स्थानमा रकम पठाउन सकिनेबारे साझेदारी भइरहेको छ ।

बैंकका अनुसार मलेसियाबाट वर्ल्डरेमिटमार्फत नेपालको कुनै पनि स्थानमा रहेको बैंक खातामा रकम पठाउन सकिने भएको छ । यसका बारेमा पनि साझेदारी कायम भएको छ ।

यसका साथै अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, न्युजिल्याण्ड, नर्वे, सिंगापुरलगायत ५० बढी देशकाे आफु बसेकै स्थानबाट रकम पठाउन सकिने भएको हाे ।

यस नयाँ साझेदारी कायम भएपछि मलेसियामा रहेका नेपालीले वर्ल्डरेमिटको एप तथा वेबसाईटबाट नेपालमा रहेका बैंक खातामा बिनाझन्झट रकम पठाउन सक्ने भएका हुन ।

यसकासाथै विदेशमा रहेका नेपालीले पठाउन चाहेको रकम एनआईसी एशिया बैंकका देशका विभिन्न स्थानमा रहेका १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट्सबाट बुझ्न सकिने भएको छ ।

मलेसियामा रहेका लाखौं नेपालीले घरमा, आफन्त कसैलाई रकम पठाउनका लागि रेमिट्यान्सको कार्यालयसम्म जानुपर्ने बाध्यता हटेको छ भने उनीहरुले एपबाटै सुरक्षित् तवरले रकम पठाउने सुविधा पाएका छन् ।

यसका लागि वर्ल्डरेमिट एप तथा वेबसाईट www.worldremit.com/en/nepal मा गएर सबै विवरण राख्न र रकम पठाउन सकिनेछ ।