९ करोड ८२ लाख लाभांश वितरण गर्दै किसान लघुवित्त

-



     सफल आवाज    
     माघ ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ माघ । किसान लघुवित्त वित्तीय संस्थाले पौने १० करोडभन्दा बढी लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनी सचिव नवराज पोखरेलका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार ७ सय रुपैयाँको २५ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ ।

जसअनुसार बोनस सेयर २५ प्रतिशतबाट ९ करोड ८२ लाख दुई हजार १९४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने कम्पनी सचिव पोखरेलले बताए । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारण सभाले पारित गर्ने र सेयरधनीहरुलाई वितरण गरिने बताइएकाे छ ।