एनआइसी एसिया लघुवित्तद्वारा बिमा दाबी रकम हस्तान्तरण

-



     सफल आवाज    
     माघ ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ माघ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बेलबारीले आफ्नो शाखा कार्यालयमा आबद्ध सेवाग्राही सदस्यहरु स्व. चन्द्रकला राई र शानी धिमालको बिमा दाबी रकम निजको परिवारलाई हस्तान्तरण गरेको छ ।

बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा संस्थाको कर्मचारीहरु, संस्थामा आवद्ध सदस्यहरु तथा परिवारजनको उपस्थितिमा सम्बन्धित केन्द्रका सेवाग्राही सदस्यहरुको श्रीमानहरु गंगाबहादुर लिम्बु र बनबहादुर धिमाललाई जनही १० लाख ५० हजार रुपैयाँ १२ लाख ७५ हजार रुपैयाँको चेक रकम हस्तान्तरण गरेको हो ।