थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको निधन

-



     सफल आवाज    
     माघ ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ माघ । पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ जनामा गरिएको नमुना परीक्षणमा ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गएको २४ घण्टामा समयावधिमा तीन जनाको निधन भएको छ भने ५४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन् ।