
काठमाडौं, ४ माघ । कामना सेवा विकास बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको विवरणमा बैंकको नाफा भने करिब १२ प्रतिशत घटेको छ । बैंकका अनुसार ११.८९ प्रतिशतले नाफा घटेर ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँमा सिमिति बनेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३९ करोड ४७ हजार रूपैयाँ रहेको थियो । ६ महिनामा बैंकको वितरणयोग्य नाफा ९ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकको खुद व्याज आम्दानी ३१.६६ प्रतिशतले बढेर ९० करोड ५९ लाख ६० हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ६८ करोड ८० लाख ८९ हजार रूपैयाँ रहेको थियो ।
बैंकको सञ्चालन मुनाफा भने उच्च अंकले बढेको छ । वित्तीय विवरणमा सञ्चालन मुनाफा ४१.५१ प्रतिशतले बढेर ४९ करोड ९ लाख ७३ हजार रूपैयाँ पुगेको छ । गत वर्षको सोही अवधीमा बैंकले ३४ करोड ६९ लाख ५६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
तीन अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ३ करोड ७८ लाख २२ हजार रुपैयाँ रहेको छ ।









काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




