सुनको भाउ सामान्य बढ्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     माघ ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।

सुन ताेलामा सामान्य १०० रुपैयाँले बृद्धि भएको छ । चाँदीको स्थिर रहि कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा यसदिन फेरबदल भएको छैन । चाँदी स्थिर रहि सोमबारकै भाउ प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भईरहेको छ ।