
काठमाडौं, ४ माघ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार सेयर बजार करेक्सन देखिएको छ । बिहिबारबाट सेयर बजारमा सकारात्मक लय देखिएको भएपनि आज भने लय भत्किएको छ । नेप्सेमा गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ । नेप्सेमा ०.३७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स भने १.१० अंकले बढेर ५४७.४६ विन्दुमा पुगेको छ ।
यसदिन कुल २२४ कम्पनीको सेयर कारोबार भएको छ । १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयरको खरिदबिक्रीबाट ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ४ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । अन्य ९ उपसमूहमा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ ।
आज साम्लिङ पावर कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । उनीहरुले नाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.४९ प्रतिशतले बढेर ६४९रुपैयाँ ३० पैसा भएको छ । मानुषि लघुवित्त वित्तीय संस्थाले गुमाएको छ । संस्थाको सेयरमूल्य ५ प्रतिशतले घटेको छ । प्रतिकित्ता १ हजार ५४० रुपैयाँमा झरेको नेप्सेले जनाएको छ ।
काराेबारकाे आधारमा सबैभन्दा बढी अपि पावर कम्पनीकाे काराेबार भएकाे छ । कम्पनीकाे २८ कराेड ११ लाख ३९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




