एकै दिन १०,२५८ जनामा कोरोना संक्रमण, ५६२ जना संक्रमणमुक्त

-



     सफल आवाज    
     माघ ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ माघ । गएको २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८२८ जनाको परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना पुष्टि भएको हो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८ हजार ७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् । त्यस्तै गएको २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको निधन भएको छ ।