
काठमाडौं, ५ माघ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशनमा ल्याएको छ ।
संस्थाको आज बुधबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा १० करोड ४४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । सो नाफा गत वर्षको सोहि अवधिकोभन्दा ३८.१० प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाले ७ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाकाे संचालन मुनाफा १४ करोड ८८ लाख रहेको छ । गएको वर्ष यही अवधिमा संचालन मुनाफा १० करोड २५ लाख रहेको थियो । खुद ब्याज आम्दानी ५०.०६ प्रतिशतले बढेको छ । जो १८ करोड २३ लाख रुपैयाँ हो । अघिल्लो वर्ष सोहि अवधिमा १२ करोड १५ लाख रुपैयाँ रहेको थियो ।
लघुवित्तले ९ अर्ब ९३ करोड सापटी लिएर ९ अर्ब ८५ करोड कर्जा परिचालन गरेको जनाएको छ । अघि वर्ष संस्थाको ८ अर्ब १५ करोड कर्जा लगानी रहेको थियो ।
लघुवित्तको चुक्ता पूँजी १६ करोड ४४ लाख रहेकोमा जगेडामा ०.१४ प्रतिशत घटेर १५ करोड २४ लाख रहेको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




