अमेरिकी आर्थिक वृद्धिमा ओमिक्रोनले प्रभाव पार्न सक्ने

-



     सफल आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ माघ । कोरोनाभाइरसको पछिल्लो भेरिएन्ट ओमिक्रोनले आगामी महिनाहरूमा अमेरिकी आर्थिक वृद्धिलाई सामान्य प्रभाब पारेपनि यसका कारण अमेरिकी अर्थतन्त्र कमजोर नबन्ने अर्थमन्त्री जेनेट एलेनले बताएका छन् ।

‘ओमिक्रोनले अमेरिकी अर्थतन्त्रको तौल गर्नेछ तर यसलाई कमजोर गर्ने छैन,’ विभिन्न सहरबाट वासिंटनमा भेलां भएका नगरप्रमुखहरूसँगको छलफलपूर्व मन्त्री एलेनले बुधबार बताए । उनले भने, ‘पक्कै पनि, ओमिक्रोनले एउटा चुनौती प्रस्तुत गरेको छ आगामी महिनाहरूमा केही तथ्यांकलाई असर गर्ने सम्भावना छ, तर म विश्वस्त छु कि यसले एक शताब्दीको सबैभन्दा बलियो आर्थिक अर्थतन्त्रलाई कमजोर पार्ने छैन ।’

ओमिक्रोनको संक्रमणले गर्दा थुप्रै अमेरिकीहरूले आफ्नो रोजगारीलाई निरन्तरता दिन कठिन परेको छ । कर्मचारीहरूको अभावले गर्दा एयरलाइन्सले क्रिसमसदेखि हजारौं उडानहरू रद्द गरेका छन् । कोभिड–१९ को वृद्धिको परिणामस्वरूप सन् २०२२ को पहिलो चौमासिकमा आर्थिक वृद्धि सुस्त हुने अनुमान अर्थशास्त्रीहरूले गरेका छन् ।

तर, एलेनले आफ्नो ह्वाइट हाउसको नियुक्तिको केही हप्तापछि मार्च २०२१ मा कांग्रेसद्वारा पारित अमेरिकी उद्धार योजनालाई अघि बढाउने देखिएको छ । अमेरिकी अर्थव्यवस्थालाई कमजोर हुन नदिन उनले पहिलो कदममा खोप अभियानलाई महत्व दिएका छन् ।