सुनमा एकैदिन १००० ले बृद्धि, चाँदीको पनि बढ्यो, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     माघ ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार छापावाला सुन र चाँदीको भाउमा बृद्धि भएको छ । छापावाला सुनमा एकैदिन १००० र चाँदीमा ३० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा यसदिन रुपैयाँ १००० ले बृद्धि भई प्रतितोला ९३ हजार ७०० रुपैयामा करोबार भईरहेको छ । यसअघि बुधबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३० ले बृद्धि भई प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएकोे थियो ।