३३.०३ अंकले बढ्यो नेप्से, ५ अर्ब ७७ करोड बढीको कारोबार

-



     सफल आवाज    
     माघ ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ माघ । दुई दिन लगातार ओरालो लागेको सेयर बजार आज भने उकालो लागेको छ ।

साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार सेयर बजारको सकारात्मक लयले लगानीकर्ताको उत्साह बढाएको छ । यसदिन सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेसे परिसूचक ३३.०३ अंकले बढेर २९३१.३४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.१४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले बढेर ५४३.७४ विन्दुमा पुगेको छ ।

कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये दुई उपसमूहले गुमाएका छन् भने बाँकी ११ वटै उपसमूहको सेयर बढेको छ । सेयर घटेकाहरुमा बैंकिङ र म्युचुअल फण्ड रहेका छन् ।

कारोबारको आधारमा आइएमई जनरल इन्स्योरेन्स अग्रभागमा देखिएको छ । कम्पनीको २२ करोड २० लाख ५३ हजार ४१६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।