कर्पोरेट डेभलपमेन्ट बैंकको रू ३० करोडको हकप्रद सेयर बिक्री खुल्ला

-



     सफल आवाज    
     माघ ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ माघ । कर्पोरेट डेभलपमेन्ट बैंकको आजदेखि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला भएको छ । बैंकले १ कित्ता सेयर बराबर १.५ को अनुपातमा सेयर बिक्री खुल्ला गरेको हो ।

बैंकले रुपैयाँ १०० मूल्य अंकित दरको ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्रीमा ल्याएको हो । पुसको २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर कारोबार गरी कायम भएका सेयरधनीहरुले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । बैंकले यसका लागि पुस २६ मा बुक क्लोज गरेको थियो ।

सेयरधनीहरूले सिभिल क्यापिटल मार्केट, कर्पोरेट डेभलपमेन्ट बैंक र शाखा कार्यालय, सेबोनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । यसका लागि माघ २७ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकको चुक्ता पूँजी २० करोड रहेको छ । हकप्रद सेयर बिक्रीपछि ५० करोड पुग्ने भएको छ ।

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । ।