वीरगञ्जमा कोरोनाबाट एक जनाको निधन

-



     सफल आवाज    
     माघ ७ गते २०७८ मा प्रकाशित



वीरगञ्ज, ७ माघ । कोरोना संक्रमणको तेस्रो लहरपछि पहिलो पटक वीरगञ्जमा एक जनाको निधन भएको छ । नारायणी अस्पताल वीरगञ्जमा गएराति भर्ना भएका ५० वर्षीय एक कोरोना संक्रमितको निधन भएको अस्पतालले जनाएको छ ।

ज्यान गुमाउने ती पुरुष बारा जिल्ला महागढीमाई नगरपालिका–६ का स्थायी बासिन्दा हुन् । राति साढे ८ बजे निजी अस्पतालबाट नारायणी अस्पतालमा भर्ना हुन आएका पुरुषको राति पौने १२ बजे उपचारका क्रममा निधन भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताए ।