
काठमाडौं, ७ माघ । सेयर बजारमा एक वर्षको अवधीमा ६३१ अर्ब रुपैयाँले धितोपत्र बजार पुँजीकरण बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधीमा ६ खर्ब ३१ हजार ४ करोड रुपैयाँले बजार पुँजीकरण बढेको हो ।
चालू आर्थिक वर्षको मंसिर मसान्तमा बजार पुँजीकरण ३३ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ पुगेको थियो भने गत आवको सोही अवधीमा बजार पुँजीकरण २७ खर्ब ६३ अर्ब ६६ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
बजार पुँजीकरणसँगै नेप्से सूचकांक पनि साढे ३ सय अंकले बढेको हो । गत वर्षको मंसिर मसान्तमा २ हजार ६१.४ अंकमा कायम भएको नेप्से सूचकांक चालू आवको मंसिर मसान्तमा दुई हजार ४१४.६ बिन्दुमा उक्लेको र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या पनि २२४ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
यस अवधीमा नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ४५ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र तीन अन्य समूहका रहेका छन् । गत वर्षको सोही अवधीमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।
तथ्यांकअनुसार सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८ प्रतिशत रहेको छ भने जलविद्युत कम्पनीको हिस्सा १० प्रतिशत, लगानी कम्पनीको ६.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत पुगेको हो ।
नेप्सेमा सूचीकृत ६ अर्ब १८ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ८ अर्ब ९२ करोड रहेको छ । आर्थिक वर्ष २०७८/७९ को पाँचौं महिनासम्ममा ४६ अर्ब १६ करोड रुपैयाँ बराबरको डिबेन्चर, ९ अर्ब ४६ करोड रुपैयाँ बराबरको साधारण सेयर, ८ अर्ब ९३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, तीन अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र २ अर्ब ४४ करोड रुपैयाँ बराबरको बोनस सेयर गरी कुल ७० अर्ब ७४ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार नेपाल धितोपत्र बोर्डले ३ अर्ब ८० करोड बराबरको डिबेन्चर, ३ अर्ब बराबरको म्युचुअल फण्ड, १ अर्ब ५८ करोड बराबरको साधारण सेयर र ६५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ९ अर्ब २ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।








धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व… 




