महिलालाई उद्यमशील बनाउन वुमन लिडरशिप फोरम, नबिल बैंक र महिला शक्ति विकास केन्द्रबीच समझदारी

-



     सफल आवाज    
     माघ ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ माघ । नेपाल उद्योग परिसंघ वुमन लिडरशिप फोरम, नबिल बैंक र महिला शक्ति विकास केन्द्रबीच महिलालाई वित्तीय साक्षरता, आर्थिक गतिविधि, जिवनस्तरको विकासमा सहयोग र पहुँच पुर्याउने उद्देश्यले त्रिपक्षिय समझदारी कायम भएको छ ।

उद्योग परिसंघ ओमन लिडरशिप फोरका संयोजक छायाँ शर्मा, नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र महिला शक्ति विकास केन्द्र नेपालका तर्फबाट कार्यकारी निर्देशक कविता गरुङ्गले समझदारी पत्रमा हस्ताक्षर गरे ।

नेपाल उद्योग परिसंघ ओमन लिडरशिप फोरमले महिलालाई उद्यमी बनाउने उद्देश्यले फोरम गठन भएपछि नबिल बैंक र महिला शक्ति केन्द्रसंग छलफल गर्दै आएको थियो ।

वित्तीय साक्षर बनाउने, आर्थिक गतिविधिलाई चलायमान बनाउने, जिवनस्तरको विकास लगायतका क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले समझदारी गरिएको हो ।

नेपाल उद्योग परिसंघ ओमन लिडरशिप फोरमका संयोजक छायाँ शमाले संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य हाँसिल गर्न महिलामा वित्तीय सशक्तिकरण हुनुपर्ने र आर्थिक रुपमा आत्मनिर्भर बनेमात्रै उनीहरु सक्षम भएर आफ्नो खुट्टामा उभिने बताईन ।

महिला शक्ति विकास केन्द्र नेपालकी कार्यकारी निर्देशक कविता गुरुङ्गले नेतृत्व विकास, सामाजिक उत्थान तथा जिवनस्तर विकास लागि काम गरिरहेको बताइन । उनले यस समझदारीले महिलालाई आर्थिक रुपमा सक्षम् बनाउने विश्वास व्यक्त गरिन् ।

नबिल बैंकका कार्यकारी अधिकृत अनिल केशरी शाहले समझदारीको कार्यान्वयनमा जोड दिए । उनले भने, त्रिपक्षिय रुपमा बराबर जिम्मेवार हुने र कार्यान्वयनलाई प्रतिफल आउने बनाउनु पर्छ ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले महिला नेतृत्वलाई आर्थिक रुपमा जोड्ने यो प्रयास उदाहरणिय भएको बताए । कार्यक्रममा तीनवटै संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।