१० अंकले घट्यो नेप्से, नेपाल सेवा लघुवित्तको सेयरमा सर्किट

-



     सफल आवाज    
     माघ ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ माघ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १० अंकले घटेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने झिनो अंकले बढेको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक १०.८३ अंकले बढेर २ हजार ९२०.५१ बिन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक ०.०६ अंकले बढेर ५४३.८० अंकमा कायम भएको छ ।

आइतबार २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २७७ कित्ता सेयर ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६३ रुपैयाँमा किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये ५ उपसमूहबाहेक सबै समूहको सेयर ओरालो लागेको छ ।

आज निर्जीवन बिमा ३०.७, उत्पादनमुलक १६.२६, अन्य ३७.३४, जीवन बिमा २२९.९६ र सामुहिक लगानी कोष ०.०९ अंकले बढेका छन् । बैकिङ १६.६७, व्यापार ४६.१७, होटल तथा पर्यटन ५१.९६, विकास बैंक ७३.४२, जलविद्युत ४२.७५, वित्त ७२.९, लघुवित्त १०.९५ र लगानी उपसमूहको सेयर १.०९ अंकले घटेको छ ।

नेपाल सेवा लघुवित्तको सेयरमा आज सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले बढेर सो लघुवित्तको सेयरमा सर्किट लागेको हो । आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर पनि सकारात्मक सर्किटको लेभलमा कारोबार भएका छन् । आज सबैभन्दा बढी साम्लिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सो कम्पनीको सेयरमूल्य आज ६.६९ प्रतिशतले घटेको छ ।