रूरू जलविद्युत् परियोजनाको बोनस सेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     माघ ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रूरू जलविद्युत् परियोजना लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार नेप्सेमा कम्पनीको ४ लाख ७ हजार ७०५.५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपछि बोनस सेयर सेयरधनीको हितग्राही खाता जाने र खरिदबिक्री गर्न सकिने नेप्सेले जनाएको छ ।