
काठमाडौं, १२ माघ । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पुस ७ गतेबाट हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बैंकले अहिले कायम भएको १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले १०० रुपैयाँ अंकित दरको १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्रीमा ल्याएको हो ।
बैंकले सेयर निष्काशनको लागि गएको मंसिर २४ गते बुक क्लोज गरेको थियो । जसअनुसार सेयरधनीहरुले मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबारं भएको हुनुपर्नेछ । उनीहरुले मात्रै हकप्रद सेयरको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले नारायणी डेभलपमेन्ट बैंक, शाखा कार्यालय, सेबोनबाट सिआश्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्रीपछि चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ हुने भएको छ ।
बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




