
फाइल तस्बिर
तनहुँ, १२ माघ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी बकबहादुर गुरुङले म्याग्दे गाउँपालिका–६ स्थित भुलभुलेमा ठूलो रकम खर्चेर रिसोर्ट निर्माण गरेका हुन् ।
सिंगापुरे सिपाहीबाट अवकाश लिएका गुरुङले करिब साढे चार करोड रुपैयाँ खर्च गरी सिंह भिलेज रिसोर्ट प्रालि निर्माण गर्न लागेको हुन् । पृथ्वीराजमार्गसँगै जोडिएको खेत देख्दा रहर लागेर किनेँ तर खेत रोप्न पानीको सुविधा नभएपछि विकल्पका रूपमा रिसोर्ट बनाउन लागिएको गुरुङले बताए ।
उनले भने, ‘राजमार्गसँगै जोडिएको जग्गा भएकाले केही गरौं भनेर रिसोर्ट निर्माण गरेको हुँ ।’ रिसोर्टसम्बन्धी आफूलाई कुनै पनि जानकारी नभए पनि काम गर्न सक्छु भनेर करिब नौ रोपनी क्षेत्रफलमा स्वीमिङ पुल, कटेजलगायतका भौतिक संरचना निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए ।
स्वदेशमा रहेर केही गरौं र केही व्यक्तिलाई रोजगारी दिऔं भन्ने भावना पलाएपछि आफू यसतर्फ अग्रसर भएको गुरुङ बताउँछन् । उक्त रिसोर्ट निर्माण गर्न थालेको दुई वर्ष बितिसक्यो अझै सम्पन्न गर्न सकिएको छैन । उनले भने, ‘अघिल्लो वर्षको कोरोनाले पनि काम गर्न सकिएन, अहिले पनि उही चाल होलाजस्तो देखिएको छ ।’
पटक–पटकको कोरोनाका कारण निरन्तर निर्माण कार्य गर्न नसक्दा निर्माण प्रभावित भई आर्थिक भार वृद्वि हुँदा कठिनाइ भोग्नुपरेको उनले दुःखेसो पोखे ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




