जलेश्वर भन्सारकाे लक्ष्यभन्दा ९२ प्रतिशत बढी राजस्व संकलन

-



     सफल आवाज    
     माघ १२ गते २०७८ मा प्रकाशित



महोत्तरी, १२ माघ । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एक अर्ब ५७ करोड १६ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो लक्ष्यको तुलनामा १९१.९० प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले ८१ करोड ८९ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत एवं सूचना अधिकारी दिव्यरञ्जन दाहालले जानकारी दिए ।

कार्यालयले गत साउन महिनामा सबैभन्दा बढी १२१ प्रतिशत र गत पुसमा सबैभन्दा कम ६६ प्रतिशत लक्ष्यको तुलनामा बढी राजस्व संकलन गर्न सफल भएको कार्यालयका राजस्व शाखाका नायब सुब्बा शशि विश्वकर्माले बताए ।

कार्यालयले चालू आर्थिक वर्षको अहिलेसम्मको प्रत्येक महिनामा लक्ष्यभन्दा बढी नै राजस्व संकलन गर्दै आएको बताउँदै उनले समग्रमा लक्ष्यको तुलनामा ९१.९० प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको जानकारी दिए ।