डिप्रोक्स लघुवित्तले कमायो ३३ करोड ४४ लाख बढी खुद नाफा

-



     सफल आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ माघ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा बृद्धि भएको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाले ३.२३ प्रतिशत बढी नाफा कमाएको हो ।

आर्थिक वर्ष २०७८, ०७९ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरणमा संस्थाले ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गएको वर्ष सोहि अवधिमा संस्थाको खुद नाफा ३२ करोड ४० लाख रहेको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी ७.७९ प्रतिशत बढेको छ । यो ७१ करोड ३० लाख १८ हजार भएको छ । अघिल्लो वर्ष संस्थाको खुद नाफा ६६ करोड १४ लाख ९१ हजार रहेकाे छ ।

लघुवित्तको संचालन नाफा ४७ करोड २९ लाख ९१ हजार पुगेको छ । अघिल्लो वर्ष यो नाफा ९२ करोड ५१ लाख ६३ हजार रहेको थियो । चुक्ता पूँजी १ अर्ब ३८ करोड ७४ लाख रहेको छ ।

जगेडा कोषमा १ अर्ब ३६ करोड २४ लाख रहेको छ । प्रतिशेयर आम्दानी १६ रुपैयाँ घटेर ४८ रुपैयाँ २१ मा झरेको छ ।