
काठमाडौं, १३ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । छापावाला सुन तोलामा ९०० तथा चाँदीमा १० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुन रूपैयाँ ९०० ले घटेर प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ४०० रुपैयाँ तोकिएको थियो ।
तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भई रहेको छ । बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ९०० रुपैया तोकिएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले गिरावट भई प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




