
काठमाडौं, १३ माघ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले फागुन ६ गतेका लागि साधारण आह्वान गरेको छ । पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा सभा आह्वान गरेको कम्पनीले जनाएको छ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण हुने कम्पनीले जनाएको छ । गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने २२ करोड बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशतले हुन आउने १ करोड १५ लाख ७८ हजार ९४७.३७ रुपैयाँ बराबरको नगद गरी सभाले १०.५२ प्रतिशत लाभांश वितरण गर्नेछ ।
सभामा संस्थापक समूहको ४ जना र सर्वसाधारण समूहको २ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि रहेको कम्पनीले जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




