
काठमाडौं, १४ माघ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा गिरावट भएको छ । छापावाला सुनमा रुपैया ९०० तथा चाँदीमा रुपैयाँ २५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन यसदिन रुपैयाँ ९०० ले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ५०० तोकिएको थियो ।
तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुनको भाउ प्रतिताेला ९३ हजार रूपैया कायम गरिएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ २५ ले गिरावट भई प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार दुईसय ९० रुपैयाँमा कारोबार भएको थियो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




