
काठमाडौं, १३ माघ । मल्टीपर्पस फाइनान्सको खुद नाफा ६१.५६ प्रतिशत बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्सको नाफा ६१.५६ प्रतिशतले बढेर ४६ लाख २७ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले २८ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा फाइनान्सको खुद ब्याज आम्दानी ६२.९२ प्रतिशत बढेको छ । विवरणअनुसार ब्याज आम्दानी बढेर १ करोड ५१ लाख १७ हजार रुपैयाँ पुगेको छ भने गत आवको सोही अवधीमा फाइनान्सले ९२ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
फाइनान्सको सञ्चालन मुनाफा पनि ४१.४२ प्रतिशत बढेर ५७ लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४० लाख ९२ हजार रुपैयाँ सञ्चालन नाफा पुगेको थियो । चालू आवको पहिलो ६ महिनासम्म फाइनान्सको चुक्ता पुँजी ४० करोड रुपैयाँ, जगेडा कोष १ करोड ३६ लाख ७५ हजार रुपैयाँ, निक्षेप ४४ करोड २० लाख ६२ हजार रुपैयाँ र कर्जा ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ पुगेको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




